नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।
क्यानका अनुसार दुवै जनालाई कोरोनाको परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
अहिले दुवै जनाको स्वास्थ्य सामान्य रहेको क्यानले जनाएको छ।
क्यानले कोरोना संक्रमण देखिएका दुवै जनाको प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेको छ।
दुवै जना गत असोज ६ गते चितवनको भरतपुरमा भएको क्यानको बोर्ड बैठकमा सहभागी भएका थिए।
बैठकमा सहभागी भएर फर्किएपछि उनीहरुले कोरोनाको परीक्षण गराएको क्यानले जनाएको छ।
क्यानले अन्य सदस्य र पदाधिकारी पनि कोरोना परीक्षण गराएको छ।
यस्तै बैठकमा सहभागी भएका क्यानका पदाधिकारी र सदस्यसहित राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल अहिले क्वारेन्टिनमा बसेका छन्।