आइसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिग २०२० अन्तर्गत जिम्बावेविरुद्धको एकदिवसीय सिरिजमा घरेलु टिम पाकिस्तानले विजयी सुरुवात गरेको छ।
रावलपिण्डीमा शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा पाकिस्तानले जिम्बावेलाई २६ रनले पराजित गर्यो।
पाकिस्तानले दिएको २८२ रनको लक्ष्य पछ्याएको जिम्बावे २ बल खेल्न बाँकी छदा २५५ रनमा अलआउट भयो।
जिम्बावेका लागि ब्रेन्डन टेलरले ११२ रनको योगदान गरे पनि उनको टिमले जित निकाल्न सकेन। प्लेयर अफ दि म्याच भएका उनले ११७ बलमा ११ चौका र ३ छक्का हिर्काए। जिम्बावेका लागि वेस्ले मधेवी ५५ रन र क्रेग एर्विनले ४१ रन जोडे।
बलिङमा पाकिस्तानका साहिन शाह अफ्रिदीले ५ विकेट लिए भने वाहेब रियाजले ४ विकेट हात पारे। अफ्रिदीले १० ओभरमा ४९ रन दिए भने रियाले ९.४ ओभरमा ४१ रन खर्चिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा २८१ रन जोड्यो।
पाकिस्तानका लागि हरिस सोहिलले ७१ रन जोडे भने इमाद वासिमले नटआउट ३४ रन बटसले। त्यसअघि ओपनर इमाम उल हकले ५८ रन जोडेका थिए।
बलिङमा जिम्बावेका ब्लेसिङ बुजाराबानी र टेन्डाइ चिसोरोले २-२ विकेट लिए।
तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेल आइतबार हुनेछ।