अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका छन्।
शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा शतक प्रहार गरेका स्मिथले आइतबार दोस्रो एकदिवसीय खेलमा पनि शतक हिर्काएका हुन्।
सिड्नीमा जारी खेलमा उनले १०४ रन प्रहार गरेका हुन्। शुक्रबार अस्ट्रेलिया विजयी भएको खेलमा उनले १०५ रन जोडेका थिए।
स्मिथले एघारौं एकदिवसीय शतक प्रहार गरेको खेलमा अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ३८९ रन जोड्यो। अहिले भारत ब्याटिङ गरिरहेको छ।
स्थिमले ६४ बलमा १४ चौका र २ छक्का प्रहार गरेका थिए। ग्लेन म्याक्सवेलले नटआउट ६३ रन जोडे।आक्रामक ब्याटिङ गरेका म्याक्सवेलले २९ बलमा ४ चौका र ४ छक्का हिर्काए।
मार्नस लाबुसेनले नटआउट ७० रन जोडे। उनले ६१ बलमा ५ चौका प्रहार गरे। त्यसअघि डेभिड वार्नरले ७७ बलमा ८३ रन र कप्तान आरोन फिञ्चले ६० रन जोडे।
बलिङमा भारतका मोहमद सामी, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १-१ विकेट लिए।
यसअघि पहिलो एकदिवसीयमा भारतमाथि घरेलु टिम अस्ट्रेलियाले ६६ रनको जित हात पारेको थियो।
भारतीय टिमले अस्ट्रेलिया भ्रमणका दौरान तीन खेलको एकदिवसीय सिरिजका साथै तीन खेलको टी–२० सिरिज र दुई खेलको टेस्ट सिरिज खेल्नेछ।