नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
सन्दीपले आफू बुधबार कोरोनामुक्त भएको जानकारी दिएका हुन्।
सन्दीपले १० दिन आइसोलेसनमा बसेपछि कोरोनामुक्त भएको जनाएका छन्। उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए।
उनले कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।
साथै सन्दीप आफू मैदानमा उत्रिन आतुर भएको पनि जनाएका छन्।
कोरोना लागेपछि सन्दीप काठमाडौंमा भइरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम बन्द प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन्।
सन्दीप केही सातापछि बिग बास लिग खेल्न अस्ट्रेलिया जानेछन्। सन्दीपले यो सिजनको बिग बासमा होबर्ट हुरिकेन्सबाट खेल्दैछन्।