अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले टेस्टमा २७औं शतक प्रहार गरेका छन्।
भारतविरुद्धको तेस्रो टेस्टमा स्मिथले शतक प्रहार गरेका हुन्।
स्मिथले रनआउट हुनुअघि १३१ रन जोडे। उनले २२६ बलमा १६ चौका प्रहार गर्न सफल भए।
स्मिथको यो समग्रमा ३८औं अन्तर्राष्ट्रिय शतक हो। उनले एकदिवसीय खेलमा ११ शतक हिर्काएका छन्।
टेस्टमा ७ हजार रन पूरा गरेका स्मिथले एकदिवसीय खेलमा ४३ सय रन कटाइसकेका छन्।
टेस्टमा उनले ७६ खेल खेल्दा ६१ बढी औषतमा रन प्रहार गरेका छन्।
यो औषत न्युजिल्यान्डका कप्तान केन विलियमसन (५४) र भारतका कप्तान विराट कोहली (५३) भन्दा बढी हो।
सिड्नीमा भइरहेको तेस्रो टेस्टमा स्मिथको शतक प्रेरित अस्ट्रेलियाले पहिलो इनिङ्ग्समा ३३८ रन जोडेको छ।
अस्ट्रेलियाका लागि स्मिथसँगै मर्नस लबुसेनले ९१ रनको योगदान दिए। त्यसअघि ओपनर विल पुकोभ्सीले ६२ रन जोडेका थिए।
बलिङमा भारतका रवीन्द्र जडेजाले ४ विकेट लिएका छन्। नवदीप सैनी र जसप्रित बुमराहले २-२ विकेट हात पारेका छन्।
अहिले भारतले जवाफी ब्याटिङ गरिहेको छ।
चार टेस्टको सिरिजको १-१ को बराबरीको अवस्थामा छ। पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा भारत विजयी भएका थिए।