इन्डियन प्रिमियर लिग (आइपिएल) को सिजन २०२१ को खेल तालिका सार्वजनिक गरिएको छ।
आइतबार गरिएको खेल तालिकाअनुसार भारतमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ। खेल चेन्नईमा हुनेछ।
यो सिजनका खेलहरु अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, मुम्बई र कोलकता गरी ६ स्थानमा हुनेछन्।
विश्वकै ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशाला अहमदाबादमा प्लेअफका खेलका साथै फाइनल खेल हुनेछ। फाइनल खेल ३० मे मा हुनेछ।
प्रत्येक टिमले समूह चरणमा चार भेन्यूमा मात्र खेल्नेछ। ५६ वटा लिग खेलहरु चेन्नई, मुम्बई, कोलकता र बेंगलुरुमा हुनेछन्। चार भेन्यूमा १०-१० खेल हुनेछन्। अहमदाबाद र दिल्लीमा ८-८ लिग खेल हुनेछन्।
दिउँसको खेल स्थानिय समयअनुसार ३:३० मा र साँझको खेल ७:३० मा सुरु हुनेछ।
हेर्नुस् खेल तालिका