चार वर्ष चलेको आइसिसी विश्वकप लिग-२ को सर्वाधिक विकेट लिने शीर्ष १० बलरको सूचीमा नेपालका दुई खेलाडी परेका छन्।
लिग-२ को सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा नेपालका सन्दीप लामिछाने (७२ विकेट) र छैटौं स्थानमा करण केसी (५० विकेट) छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र युएईबीचको खेलसँगै लिग-२ सकिएको थियो। जुन खेलमा नेपालले डिएलएस मेथडमा ९ रनको जित निकाल्यो।
७ टिमबीच प्रतिस्पर्धा भएको लिग-२ मा प्रत्येक टिमले ३६-३६ खेल खेलेका थिए। जसमा प्रत्येक टिमले ९ त्रिकोणात्मक सिरिजमा ४-४ खेल खेलेका थिए।
नेपालले ३६ मध्ये १९ खेल जित्यो। एक खेल वर्षाले रद्द हुँदा एक खेल बराबरी भएको थियो। नेपाल १५ खेलमा पराजित भएको थियो। पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल ४० अंक जोडेर तेस्रो हुँदै विश्वकप छनोटमा पुग्यो।
३६ खेलमा बलिङतर्फको सूचीको शीर्ष दशमा नेपालका दुई खेलाडी परे पनि ब्याट्सम्यानतर्फ भने नेपालका खेलाडी शीर्ष दशमा पर्न सकेनन्।
नेपालका लागि लिग-२ मा सर्वाधिक रन आरिफ शेखले प्रहार गरे। उनले ३० खेलमा ९३४ रन प्रहार गर्दा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा १२औं स्थानमा रहे। १३औं स्थानमा रहेका नेपालका कप्तान रोहितकुमार पौडेलले ३३ खेलमा ९०९ रन जोडे।
बलर र ब्याट्सम्यानको समग्र सूचीमा ७ टिमकै खेलाडी परेका छन्।
सर्वाधिक रन प्रहार गर्ने सूचीको शीर्ष स्थानमा नामिबियाका गेर्हाल्ड इरासमस (१२९८ रन) रहे। तर उनको टिम सिधै विश्वकप छनोट पुग्न सकेन। नामिबियाका दायाँ हाते ब्याट्सम्यानले ३३ इनिङ्समा १२ पटक ५० रन पार गरेका थिए। उनले ओमानविरुद्ध आफ्नो उच्च एकदिवसीय स्कोर १२१* बनाए।
पिएनजीका असद भाला (१२९०) ले इरासमसभन्दा ८ रन पछाडि परे। यद्यपी उनको टिम लिग-२ को पुछारमा रह्यो।
अमेरिकाका मोनाक पटेल (१२१९) र आरोन जोन्स (११८४) बलियो जोडी साबित भए। जबकि जतिन्दर सिंह (१०९८) ले ओमानका लागि तीन शतक प्रहार गरे, जुन लिग-२ मा बढी शतक प्रहारको कीर्तिमान हो।
युएईका युवा खेलाडी वृत्य अरविन्द (१०४७) ले नामिबिया विरुद्ध ११५* को उच्च स्कोरका साथ दुई शतक पूरा गरे।
बायाँ हाते तीव्र गतिका बिलाल खान (७६ विकेट) लिग-२ को सर्वाधिक विकेट लिने खेलाडी बने। यस सूचीमा नेपालका स्पिनर सन्दीप लामिछाने (७२) दोस्रो र अमेरिकाका सौरभ नेत्राभाल्कर (५८) तेस्रो स्थनमा छन्।
सर्वाधिक रन : विश्वकप लिग २
खेलाडी
|
रन
|
औसत
|
गेर्हाल्ड इरासमस (नामिबिया)
|
१२९८
|
४३.२६
|
असद भाला (पिएनजी)
|
१२९०
|
३६.८५
|
मोनाक पटेल (अमेरिका)
|
१२१९
|
३६.९३
|
आरोन जोन्स (अमेरिका)
|
११८४
|
४२.२८
|
जतिन्दर सिंह (ओमान)
|
१०९८
|
३२.२९
|
केल कोइट्जर (स्कटल्यान्ड)
|
१०६२
|
३४.२५
|
कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड)
|
१०५१
|
४२.०४
|
वृत्य अरविन्द (युएई)
|
१०४७
|
३२.७१
|
जीशान मकसूद (ओमान)
|
९६९
|
३३.४१
|
जर्ज मुन्सी (स्कटल्यान्ड)
|
९४४
|
४१.०४
|
सर्वाधिक विकेट : विश्वकप लिग २
खेलाडी
|
विकेट
|
औसत
|
बिलाल खान (ओमान)
|
७६
|
१८.६७
|
सन्दीप लामिछाने (नेपाल)
|
७२
|
१५.८६
|
सौरभ नेत्रावलकर (अमेरिका)
|
५८
|
२१.२७
|
मार्क वाट (स्कटल्यान्ड)
|
५४
|
१७.९४
|
रुबेन ट्रम्पलम्यान (नामिबिया)
|
५१
|
२२.०१
|
करण केसी (नेपाल)
|
५०
|
२२.०६
|
बर्नार्ड स्कोल्ट्ज (नामिबिया)
|
४९
|
२०.०२
|
जीशान मकसूद (ओमान)
|
४७
|
२३.५५
|
जुनैद सिद्धिकी (युएई)
|
४३
|
२५.४४
|
जहूर खान (युएई)
|
४१
|
२४.८०
|