लुकास माउराको ह्याट्रिकमा टोटनह्यामले रेलिगेशनमा परेको हडर्ल्सफिल्ड टाउनमाथि ४–० को फराकिलो जित दर्ता गरेको छ ।
शनिबार इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा टोटनह्यामका लागि पहिलो गोल २४ औँ मिनेटमा भिक्टर वानयामाले गरेका थिए ।
सो अग्रतालाई २७ औँ मिनेटमा लुकासले अग्रता दोब्बर पारे ।
पहिलो हाफ २-० मा सकिएको खेलमा बाँकी गोल लुकासले दोश्रो हाफमा गरेका थिए। उनले खेलको ८७ औं मिनेटमा आफ्नो व्यक्तिगत दोश्रो गोल गरे पनि अतिरिक्त समयको तेश्रो मिनेटमा गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए।
जितपछि अंकतालिकामा टोटनह्यामको ३३ खेलबाट ६७ अंक भएको छ । ऊ तेश्रो स्थानमा पुगेको छ। उसलाई ६६ अंकसहित चेल्सीले चौथो स्थानमा पछ्याइरहेको छ।
लिगमा ८२ अंक सहित लिभरपुल पहिलो स्थानमा रहेको छ भने ८० अंक सहित म्यानचेस्टर सिटी दोश्रो स्थानमा रहेको छ।