स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले लेगानेससँग १–१ को बराबरीमा गरेको छ।
हिजोको खेलमा पहिलो अग्रता खेलको पहिलो हाफमा लेगानेसले गरेको थियो। सो गोल पहिलो हाफको४५ औं मिनेटमा जोनाथन क्रिस्टियन सिल्भाले गरेका थिए।.
उनले सो गोल १८ यार्डबाट मार्टिन ब्रेथबेइटीको पासमा गरेका हुन्।
पहिलो हाफमा १-० ले पछि परेको रियलले दोश्रो हाफ को ५१ औं मिनेटमा बराबरी गरेको थियो। सो बराबरी गोल करिम बेन्जिमाले दोश्रो प्रयासमा गरेका हुन्। त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असमर्थ रहे।
यस बराबरीसँगै रियलको लिग उपाधिको दौडबाट बाहिरिएको छ। उसले ला लिगामा ६ खेल बाँकी रहँदा ३२ खेलबाट ६१ अंक जोडेको छ। रियल मड्रिड लिगको तेश्रो स्थानमा छ। ऊ भन्दा माथि ६५ अंकसहित एथ्लेटिको मड्रिड रहेको छ भने पहिलो स्थानमा ७४ अंकसहित बार्सिलोना रहेको छ।