इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले वार्टफोर्डलाई १ गोलले पराजित गरेकोछ।
जितसँगै आर्सनल लिगको शिर्ष ४ स्थानमा पुगेको छ। उसले ३३ खेलबाट ६४ अंक जोडेको छ।
ऊभन्दा माथि ८५, ८३ र ६७ अंक सहित क्रमशः लिभरपुल, म्यानचेस्टर सिटी रहेका छन्।
हिजोको खेलमा सो विजयी गोल खेलको १० औं मिनेटमा पिएर एमरिकले गरेका हुन्।गोल खाएलगत्तै ११ औं मिनेटमा वार्टफोर्ड १० खेलाडीमा सिमित भएको थियो।११ औँ मिनेटमा कप्तान डीनी सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुपरेको थियो।
३३ खेलबाट ६६ अंक जोडेको आर्सनल उ एक खेल बढि खेलेको चेल्सीसँग अंक बराबरी भए पनि गोल अन्तरका कारण लिगको चौथो स्थानमा पुगेको हो ।