च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको छ ।
यस जितमा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले २ तथा लुइस स्वारेजले १ गोल गरे। हिजोको खेलमा बार्सिलोनलाई घरेलु मैदानमा लुइस स्वारेजले खेलको २६ औं मिनेटमा पहिलो अग्रता दिलाए।
त्यसपछि पहिलो हाफमा १-० को अग्रता कायम गरेको बार्साका २ गोल मेस्सीले गरे। उनले ती गोल क्रमशः ७५ ८२ औं मिनेटमा गरेका थिए।
दोश्रो लेग अगामी मंगलबार लिभरपुलको मैदानमा हुनेछ।