ईङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ ले पराजित गरेको छ।
हिजोको खेलमा लिभरपुलले खेलको १३ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। सो गोल भर्जिल भान डिजेकले गरे।
लिभरपुलको सो अग्रतालाई २० औँ मिनेटमा न्यूक्यासलका क्रिष्टियन अट्सुले बराबरी गरे। खेलको २८ औँ मिनेटमा मोहम्मद सालहले गोल गर्दै फेरि लिभरपुललाई अग्रता दिलाए ।
पहिलो हाफमा २–१ को नतिजामा सकिएको खेलमा न्यूक्यासलले ५४ औँ मिनेटमा फेरि बराबरी गर्यो। न्युक्यासलका लागि सालोमोन सोन्डनले बराबरी गोल फर्काए। सो बराबरीलाई लिभरपुलका डोभोक ओरिजीले खेलको ८६ औं मिनेटमा टु्ङ्ग्याए।
जितसँगै लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा उक्लेको छ । एक खेल बाँकी हुँदा लिभरपुलको ९४ अंक छ भने दुई खेल बाँकी रहेको म्यानचेस्टर सिटीको ९२ अंक छ ।