चोटका कारण लिभरपुलका दुई स्टार स्ट्राइकर मोहम्मद सलाह र रोबोर्टो फिर्मिनोले मंगलबार बार्सिलोना विरूद्ध हुने च्याम्पियन्स लिगको दोश्रो लेगको खेल गुमाउने भएका छन्।
शनिबार इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासलविरुद्ध खेलमा गोलरक्षक मार्टिन दुब्राभ्कासँग सलाहको टाउको ठोकिएर घाइते भएका हुन्। फिर्मिनोलाई मांसपेशीमा चोट लागेको छ।
लिभरपुलले दुबै खेलाडीले बार्सिलोना विरूद्धको खेल गुमाउने जनाएको छ।
प्रतिष्पर्धी टोलीका दुई महत्वपूर्ण खेलाडी घाइते भएपछि बार्सिलोनाले दुबै खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।