च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा डच क्लब अजाक्सलाई अवे गोलमा पराजित गर्दै टोटनह्याम फाइनलमा प्रवेश गरेको छ।
दोश्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ३-३ को नतिजा निकालेको टोटनह्यामले फाइनलमा लिभरपुलको सामना गर्नेछ।
पहिलो लेग टोटनह्यामले १-० ले हारेको थियो।
हिजोको खेलमा अजाक्सले घरेलु मैदानमा पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई टोटनह्यामका लुकास मौराले ह्याट्रिक गरेर आफ्नो पक्षमा पारे।
बुधबार राति भएको खेलमा अजाक्सले पाँचौँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। सो गोल १९ वर्षोय कप्तान म्याथाइस डी लिग्टले गरेका थिए । अजाक्सले सो अग्रतालाई ३५ औँ मिनेटमा गोल गर्दै दोब्बर पार्यो र फाइनल प्रवेशको सम्भावनालाई बलियोअवस्थामा पुर्यायो। हाकिम जियाचले सो गोल गरेका थिए।
पहिलो हाफ २-० ले सकिएको अवस्तामा ईङ्लिश टोलीले दोश्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। उसका लागि मौराले ह्यट्रिक गरेपछि नतिजा उल्टियो र टोटनह्याम फाइनलमा पुग्यो।
टोटनह्यामलाई उत्कृष्ट पुनरागमनः दिलाउने क्रममा मौराले खेलको ५५ औं मिनेटमा पहिलो गोल गरे भने दोश्रो गोल ५९ औं मिनेटमा गरे। त्यसपछि उनले तेश्रो गोल अतिरिक्त समयको छैटौं मिनेटमा गरेका थिए।
टोटनह्यामले लिभरपुलसँग फाइनल खेल जुन १ मा खेल्नेछ।