फ्रान्कफर्टलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै चेल्सी युरोपा लिगको फाइनलमा पुगेको छ।
फाइनलमा उसको भिडन्त आर्सनलसँग हुनेछ। फ्रान्कपर्ट र चेल्सीबिचको खेल निर्धारित समय र अतिरिक्त समयमा १-१ को बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको थियो।
चेल्सीलाई जित दिलाउनेक्रममा बिहिबार राती चेल्सीका गोलरक्षक किपा आरिजावालगाले मार्टिन हिन्टेरेजर र गान्कलो पासेन्सिया पेनाल्टी रोकेका थिए।
त्यसअघि चेल्सीले २८ औं मिनेटमा रुवेन लफटरस चिकको गोलबाट अग्रता लिएको थियो । चेल्सीको सो अग्रतालाई खेलको ४९औं मिनेटमा लुका जोभिकले फ्रान्कफर्टका लागि गोल गर्दै बराबरी गरेका थिए।
मे २९ मा अजरवैजानको बाकु स्टेडियममा अर्को ईङ्लिस क्लब आर्सनलसँग चेल्सीले फाइनल खेल खेल्नेछ।।