एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतको चेन्नइयीन एफसी खेल्ने खेल्दै छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन मनाङ चेन्नइयीनविरुद्व मैदानमा उत्रनेछ।
समूह चरणमा एक खेल पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा चेन्नइयीन हारको बदला लिने दाउमा रहनेछ।
यसअघि गत अप्रिलमा चेन्नइयीनसँग उसैको मैदानमा भएको अबे खेलमा मनाङ २–० गोलअन्तरले पराजित भएको थियो।
प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको मनाङको लागि भने अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ।
प्रतियोगितामा दुई अङ्क मात्र जोड्न सकेको मनाङ एएफसी कपबाट यसअघि नै बाहिरिसकेको छ। यसअघि पाँच खेल खेलेको मनाङ जितविहीन छ। मनाङले दुई खेलमा बराबरी तथा तीन खेलमा पराजय भोग्यो।
समूह 'ई'मा मनाङ अङ्क तालिकाको अन्तिम स्थानमा छ। त्यस्तै बङ्गलादेशको अबहानी लिमिटेड १० अङ्कका साथ शीर्ष स्थानमा छ भने आठ अङ्क जोडेको चेन्नइयीन दोस्रो स्थानमा छ।
त्यस्तै मिनर्वा पञ्जाब पाँच अङ्कका साथ तेस्रो स्थानमा छ। प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा छनोट हुनेछ।