ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।
मंगलबार विहान समूह ‘सी’ का अन्तिम २ खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। मंगलबार विहान जापान र इक्वेइडरले १-१ को बराबरी खेल्दा उरुग्वेले चिलीलाई १-० ले हरायो।
समूह ‘ए’ बाट ३ खेलबाट ७ अंक जोड्दै ब्राजिल समूह विजेता र भेनेजुएल ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम ८ मा पुगे।
समूह ‘बी’ बाट तीनै खेलमा विजयी कोलम्बिया ९ अंक जोडेर विजेता र ३ खेलबाट ४ अंक जोडेर अर्जेन्टिना उपविजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरे।
समूह ‘सी’ मा उरुग्वे ३ खेलबाट ७ अंक जोड्दै विजेता र चिली ३ खेलबाट ६ अंक जोडेर उपविजेता बने।
समूहमा तेस्रो बनेका तीन टिम मध्ये २ टिम अन्तिम ८ मा पुग्ने प्रावधान थियो। जसमा समूह ‘ए’ मा ४ अंक जोडेको पेरु र समूह ‘बी’ मा २ अंक जोडेको पाराग्वे भाग्यमानी ठहरिए।
समूह ‘सी’ मा २ अंक जोडेको जापान भने गोलअन्तरमा पछि पर्यो। पाराग्वेको -१ गोलअन्तर हुँदा जापानको -४ गोलअन्तर थियो।
क्वार्टरफाइनल खेल
ब्राजिल भर्सेस पाराग्वे - शुक्रबार विहान सवा ६ बजे
भेनेजुएला भर्सेस अर्जेन्टिना - शुक्रबार मध्यरात पौने १ बजे
कोलम्बिया भर्सेस चिली - शनिबार विहान पौने ५ बजे
उरुग्वे भर्सेस पेरु - शनिबार मध्य रात पौने १ बजे