कोलम्बियालाई टाइब्रेकरमा हराउँदै चिली सेमिफाइनलमा पुगेको छ।
नेपाली समय अनुसार शनिबार बिहान सम्पन्न खेलमा चिलीले कोलम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गरेको हो ।
निर्धारित समयको खेल गोलबिहिन बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
विलयम टेसिल्लोले कोलम्बियाका लागि प्रहार गरेको पाँचौ पेनाल्टीले पोस्टको दिशा लिन नसकेपछि कोलम्बियाको कोपा अमेरिका यात्रा क्वाटरफाइनलमै सकिएको हो।
जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल उरुग्वे र पेरुबीच भोलि हुनेछ। यस खेलको विजेताले फाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन चिलीसँग खेल्नेछ।
यस्तै अर्को सेमिफाइनल खेल ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।