स्पेनिस च्याम्पियन बार्सिलोनाले सिजनमा पाँचौ खेलाडी भित्र्याएको छ। बार्सिलोनाले स्पेनिस यु–२१ टिमका लेफ्ट ब्याक जुनियर फर्पोसँग ५ वर्षको सम्झौता गरेको हो।
उनीसँग २७.५ मिलियन पाउन्डमा सम्झौता भएको हो। डोमिनिकामा जन्मिएका २२ वर्षीय फिर्पोसँग १८३ मिलियन पाउन्डको बिक्री क्लज राखिएको छ।
२२ वर्षीय फिर्पोले गत सिजन रियल बेटिसबाट खेलेका थिए। उनले गत सिजन २९ खेल खेलेका थिए।
जुनमा स्पेनले यु–२१ युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए।
बार्सिलोनाले यसअघि एट्लेटिको म्याड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई भित्र्याएको थियो।
यस्तै अयाक्सबाट मिडफिल्डर फ्रान्की डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो, ब्राजिलियन क्लब एमजीबाट डिफेन्डर इमर्सनसँग सम्झौता गरेको थियो।
यता बार्सिलोनाले विंगर माल्कोमलाई जेनिस सेन्ट पिर्टरबर्गलाई बेचेको थियो।