लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार रातिदेखि सुरु भएको प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोलले पराजित गरेको हो। नर्विच सिटी बढुवा भएर आएको टोली हो । लिभरपुलले शुक्रबार भएको खेलमा एक गोल आत्मघाती गोलका रूपमा उपहार पाएको हो।
यसैगरी टोलीका मोहम्मद सालह, भर्जिल भान डिजेक र डिभोक ओरिजीले गोल गरे । लिभरपुलले सातौँ मिनेटमा नर्विचका ग्रान्ट हेन्लीको आत्मघाती गोलबाट अग्रता लिएको थियो । लिभरपुलले बाँकी ३ गोल खेलको पहिलो हाफमा नै गरेको थियो।
उसका लागि १९ औँ मिनेटमा सालह, २८ औँ मिनेटमा भान डिजेक तथा ४२ औँ मिनेटमा ओरिजीले गोल गरेका थिए।
नर्विचले दोस्रो हाफमा एक गोल फर्काएको थियो । सो गोल ६४ औँ मिनेटमा तीमू पुकीले गरेका थिए ।