अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादलाई निलम्बन गरेको छ। आचार संहिताविपरिको काम गरेको भन्दै उनलाई निलम्बन गरिएको हो।
शाहजादले अनुमतिबिना दोस्रो देशको भ्रमण गरेको बोर्डले बताएको छ। गत वर्ष उनलाई आफगानिस्तानमै बस्न बोर्डले निर्देशन दिएको थियो।
शाहजाद पाकिस्तानको पेसावर शरणार्थी शिविरमा बस्दै भएका छन्। उनी अफगानिस्तानको नाङग्रहरका हुन्। तर उनी पाकिस्तानकै बोर्डमा हुर्किएका थिए। उनले विवाह पनि पाकिस्तानकै पेशावारमा गरेका थिए।
यसअघि उनलाई क्रिकेट विश्वकपका दौरान स्वदेश फर्काइएको थियो। खुट्टामा चोटका लागेका उनलाई फिट हुन नसको भन्दै स्वदेश फर्काइए पनि उनले आफूलाई जनाजान विश्वकप खेल्न नदिएको आरोप लगाएका थिए।