म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा चेल्सीमाथि ओल्ड ट्राफड मैदानमा सन् १९६५ यताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।
आइतबार भएको प्रिमियर लिगमा यस सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४-० को जित हासिल गरेको हो।
युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई गोल गरे भने एन्थोनी मार्टिएल तथा सब्सिट्यूट डानियल जेम्सले एक-एक गोल गरे।
चेल्सीलाई ४-० ले हराउने क्रममा युनाइटेडलाई खेलको १८ औं मिनेटमा रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। उनले सो गोल पेनाल्टीमार्फत गरेका हुन्।
त्यसपछि पहिलो हाफमा १-० को अग्रता कायम गरेको म्यानचेस्टर युनाइटेडले ३ गोल खेलको दोश्रो हाफमा गर्यो। उसका लागि दोश्रो गोल एन्थोनीले खेलको ६५ औं मिनेटमा गर्दा रासफोर्डले ६७ औं मिनेटमा टोलीका लागि तेश्रो गोल गरे।
त्यसपछि युनाइटेडका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान, छिरेका डानियल जेम्सले ८१ औं मिनेटमा गरे।