आइतबार राति भएको इङ्लिस प्रिमियर लिगमा चेल्सी लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो ।
चेल्सीले खेलको ७ औं मिनेटमा मेसन माउन्टको गोलमा अग्रता लिएको थियो।
लेस्टरले सो अग्रतालाई खेलको ६७ औँ मिनेटमा बराबरी गरेको हो। उसका लागि बराबरी गोल एनडिडीले गोल गरे। सिजनको पहिलो खेलमा चेल्सी लिभरपुलसँग पराजित भएको थियो।