इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भ्ससँग बराबरी खेलेको छ।
दुबै टोली १–१ को बराबरीमा रोकिएका हुन्। हिजोको खेलमा युनाइटेडले सुरूवाती अग्रता लिएको थियो।
खेलको २७ औँ मिनेटमा गोल गर्दै एन्थोनी मार्सलले युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
सो अग्रतालाई वुल्भसले खेलको ५५ औं मिनेटमा बराबरी गर्यो। वुल्भसका लागि सो गोल रुबेन नेवेसले गरे ।
१–१ को बराबरी रहेको अवस्थामा युनाइटेडले ६८ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेन। प्राप्त पेनाल्टीमा पोग्बाले गोल गर्न नसक्दा युनाइटेड बराबरीमै रोकिन बाध्य भयो।
कोनर कोएडीले पोग्बालाई फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। गत सिजनमा पनि पोग्वा तीन वटा पेनाल्टीमा चुकेका थिए ।