साफ यु–१८ च्याम्पियनसिपमा पाकिस्तान नखेल्ने भएपछि नेपाल रहेको समूहमा तीन टिमबीच मात्र प्रतिस्पर्धा हुने भएको छ।
समूह ‘ए’ मा रहेको नेपालले अब भुटान र माल्दिभ्ससँग खेल्नेछ।
समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् ।
नेपालमा आयोजना हुने प्रतियोगिता हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ।
यसअघि नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्न तय थियो। अब नेपाललले असोज ३ गते माल्दिभ्स र असोज ५ गते भुटानसँग खेल्नेछ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल खेल असोज १२ गते हुनेछ।
यसअघि नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रारम्भिक टिम छनोट गरेका थिए। प्रशिक्षणमा रहेका ४६ खेलाडी मध्ये ३० जना प्रारम्भिक टिममा परेका हुन्।
नेपाली टिम
गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होडा
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकास बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फुया, नितिन थापा
फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी