पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मेट्जमाथि २-० को जित दर्ता गरेको छ ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीका लागि एन्जल डी मारिया र एरिक म्याक्सिम चुपो–मोटिङ्गले गोल गरेका हुन् ।
डि मारियाले खेलको ११ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। पिएसजीको सो अग्रतालाई ४३ औं मिनेटमा एरिकले गोल गर्दै दोब्बर पारे।
दोश्रो हाफमा कुनै पनि गोल हुन सकेन र खेल पिएसजीले २-० ले जित्यो।
हिजोको खेलमा पिएसजी आफ्ना ३ स्टार खेलाडी नेइमार जुनियर, किलियन एमबाप्पे तथा एडिसन कभानी बिना नै मैदानमा उत्रेको थियो।