इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। म्यानचेस्टरलाई समाउथह्याम्टनले १–१ बराबरी रोकेको हो।
खेलमा अग्रता डनियल जेम्सको गोलबाट लियो।उनले खेलको १० मिनेटमा गोल गरे।
तर ५८ मिनेट भेस्टरगार्ड बराबरी गोल फर्काए। ७३ मिनेटमा नान्सोले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडेपछि साउथह्याम्टन १० खेलाडीमा सीमित बन्यो।
सिजनमा म्यानचेस्टर दोस्रो पटक बराबरीमा रोकिएको हो।
यता चेल्सलाई सेफर्ड युनाइटेडले २–२ को बराबरीमा रोकेको छ।
लिगमा लगातार चार जित निकालेको लिभरपुल १२ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको १० र तेस्रो स्थानको लेस्टर सिटीको ८ अंक छ।