अर्जेन्टिनाका स्ट्राइकर माउरो इकार्डी फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा लोनमा आबद्ध भएका छन्।
उनी एक सिजनका लागि इटालियन क्लब इन्टर मिलानबाट पिएसजीमा आबद्ध भएका ुहन्।
२६ वर्षीय स्ट्राइकर इकार्डीले दुई वर्ष सम्झौता लम्बाउन सकिने प्रस्तावमा पनि हस्ताक्षर गरेका छन्। यस्तै स्थायी रुपमा पिएसजीमा आबद्ध हुनका लागि ६५ मिलियन युरोपमा सम्झौता गर्न सकिने पनि सहमती भएको छ।
६ वर्ष इन्टर मिलानमा बिताएका उनले २१९ खेल खेल्दै १२४ गोल गरेका थिए।
पिएसजीमा आबद्ध भएपछि उनले नयाँ टिमका लागि आफूले सक्ने खेल्ने बताएका छन्। उनले पिएसजी अन्तर्राष्ट्रिय फुटबल शक्ति भएको र उत्कृष्ट खेलाडी टिममा रहेको पनि बताएका छन्।
यसअघि पिएसजीले रियल म्याड्रिडबाट गोलकिपर केलर नाभसलाई भित्र्याएको थियो।
कोस्टारिकाका ३२ वर्षिय नाभासले ४ वर्षको सम्झौता गरेका थिए।