युरोपा लिग फुटबलमा आर्सनलले फ्र्यांकफर्टलाई ३-० ले पराजित गरेको छ।
लिगको समूह चरण अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा आर्सनलले फ्र्यांकफर्टलाई अवे मैदानमा पराजित गर्दै विजयी सुरूवात गरेको हो।
आर्सनललाई विजयी गराउने क्रममा जोसेफ विलकले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका थिए।
त्यसपछि आर्सनलका लागि बुनायो साका र पिएरले गोल गरे। उनीहरूले क्रमशः ८५ तथा ८७ औं मिनेटमा गोल गरेका थिए।
हिजोको खेलमा फ्र्यांकफर्ट अन्तिमको १० मिनेट भन्दा बढी १० खेलाडीमा सीमित भएको थियो।
७९ औँ मिनेटमा डोमिनिक कोहर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्र्यांकफर्ट १० खेलाडीमा सिमित भएको हो।