ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना २-० ले स्तब्ध भएको छ।
बार्सिलोना ग्रानाडासँग २–० ले स्तब्ध भएको हो। ग्रानाडा यसै सिजनमा बढुवा भएर ला लिगामा आएको टोली हो।
लियोनेल मेसी, लुइस स्वारेज तथा आन्सु फातीसहितको टोलीलाई घरेलु मैदानमा पराजित गर्ने क्रममा ग्रानाडाले खेल सुरू भएको दोश्रो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो। उसका लागि सो गोल रामोन अजीजले गरेका थिए।
यसैगरी उसले दोश्रो गोल भने खेलको दोश्रो हाफमा गर्यो।
ग्रानाडाले खेलको ६६ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै दोश्रो गोल गरेको हो। उसका लागि सो गोल अल्भारो मालिल्लोले गरेका हुन्।
पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले हिजोको खेलमा दोश्रो हाफमा मैदानमा मेसी र फातीलाई प्रवेश गराएको भएपनि उसले हार टार्न सकेन।
बार्सिलोनालाई हार चखाएको ग्रानाडा यो जितसँगै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले पाँच खेलबाट १० जोडेको छ। यस्तै समान खेल खेलेको बार्सिलोना भने ७ अंक सहित सातौं स्थानमा छ।