इटालियन सिरी ए मा शनिबार भएको खेलमा युभेन्टसले हेलास वेरोनालाई २-१ गोलले पराजित गरेको छ।
युभेन्टसको जितमा क्रिश्चियानो रोनाल्डो र आरोन राम्सीले गोल गरे।
टोलीका लागि पहिलो गोल राम्सीले गरे। उनले खेलको ३१ औं मिनेटमा गरेका हुन्।
यस गोलसँगै आर्सनल छाडेर इटालियन सिरी-इ आएका राम्सीको डेब्यू म्याच सुखद् भएको छ।
त्यसपछि २० औँ मिनेटमा वेरोनाका लागि पिन्तो वेलोसोले गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।
सो बराबरी खेलको ४९ औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गोल गरेपछि टुङ्गियो।
त्यसपछि थप गोल हुन सकेन र युभेन्टस २-१ ले विजयी भयो।
जितसँगै लिगको अंकतालिकामा युभेन्टस ४ खेलबाट १० अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ। तालिकाको शीर्ष स्थानमा भने समान खेलबाट १२ अंक जोडेर इन्टर मिलान रहेको छ।