इङ्लिश प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ।
लिभरपुलले चेल्सीलाई घरेलु मैदान २–१ ले पराजित गरेको हो ।
लिभरपुलले खेलको १४ औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको गोलमा अग्रता लिएको थियो।
यस्तै टोलीका लागि रोबर्टो फिरमिनोले खेलको ३० औं मिनेटमा दोश्रो गोल गरे।
२-० ले पछि परेको चेल्सीले खेलको ७१ औं मिनेटमा एक गोल फर्काएको थियो। टोलीका लागि सो गोल एन’गोलो कान्टेले फर्काएका हुन्। त्यसपछि चेल्सीले थप गोल गर्न सकेन र लिभरपुलसँग पराजित भयो।
जितसँगै लिभरपुल ६ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा कायमै रहेको छ भने समान ६ खेल खेलिसकेको चेल्सी ८ अंक सहित तालिकाको ११ औं स्थानमा झरेको छ।