साफ यु-१८ च्याम्पियनसिपमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको समूह 'बी' को खेलमा भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेश अन्तिम चारमा पुगेको हो। बंगलादेशले यसअघि श्रीलंकलाई पराजित गरेको थियो।
अब बुधबार भारत र श्रीलंकाबीचको खेलपछि समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।
समूह 'ए' मा भने नेपालको सम्भावना न्यून छ भने भुटान र माल्दिभ्सको सम्भावना बढी छ। नेपाल आइतबार भएको आफ्नो दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएको थियो। त्यसअघि नेपाल र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेका थिए।
नेपालको समूह चरणको खेल सकिदा १ अंक छ। अन्तिम खेल खेल्न बाँकी भुटानको ३ र माल्दिभ्सको १ अंक छ।
अब मंगलबार हुने माल्दिभ्स र भुटानबीचको खेलपछि सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।
सो खेलमा माल्दिभ्सले भुटानलाई ४ गोल गोल हाने नेपाल र माल्दिभ्स अन्तिम चारमा पुग्नेछन्। भुटानले माल्दिभ्समाथि ४ गोलको जित हात पारे पनि नेपालको सम्भावना हुनेछ। बराबरीमा खेल सकिए नेपाल बाहिरिनेछ।