इंग्लिस प्रिमियर लिगमा लिभरपुले लगातार सातौं खेलमा जित हात पारेको छ।
जारी सिजनमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा लिभरपुलले शनिबार सेफिल्ड युनाइटेडलाई १-० गोलले पराजित गर्यो। लिभरपुलको जितमा खेलको ७० मिनेटमा विजनाल्डमले गरेको गोल निर्णायक बन्यो।
यता लिगको अर्को खेलमा चेल्सीले ब्रिङ्टनलाई २-० ले पराजित गरेको छ। चेल्सीका लागि जोर्गिन्हो र विलियनले गोल गरेका थिए।
टोटनह्यमले पनि साउथह्याम्टनमाथि २-१ को जित दर्त गराएको छ।
लिगमा लिभरपुल ७ खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको १३ अंक छ।
टोटनह्याम ११ अंक जोडेर चौथो र चेल्सी पनि ११ अंक जोडेर छैटौं स्थानमा छन्।