पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली गएपछि स्पेनिस ला लिगाको रौनक घट्दो छ।
त्यसो त रोनाल्डोका समकालीन प्रतिद्वन्द्वी लिओनल मेसीलाई चोटले सताउँदा ला लिगामा अन्य नाम चालेका स्टार चल्न सकेका छैनन्।
यो सिजन बार्सिलोनामा आबद्ध भएका एन्टोनी ग्रिजम्यान, रियल म्याड्रिडका इडिन हजार्ड र एट्लेटिको म्याड्रिडका जोआओ फेलिक्सले अपेक्षा अनुसार खेल्न सकेका छन्।
ग्रिजम्यानले अहिलेसम्म ८ खेलमा ७०५ मिनेट खेल्दा ३ गोल र २ एसिस्ट गरेका छन्। फेलिक्सले ८ खेलमा ६०९ मिनेट खेल्दा २ गोल र १ एसिस्ट गरेका छन्।
हजार्डले अहिलेसम्म ३ खेलमा १९७ मिनेट खेलेका छन् । उनले गोल तथा एसिस्ट गर्न सकेका छैनन्।
तीन खेलाडीका लागि ला लिगाले यो सिजन ३ सय मिलियन युरो खर्च गरको थियो। तर उनीहरुको प्रदर्शन सन्तोषजनक छैन।
ग्रिजम्यानले रियल बेटिस र भिल्लारियल बाहेकको खेलमा आफ्नो जादू देखाउन सकेका छैनन्।
हजार्ड थाइको समस्याले गर्दा मैदानमा उत्रन पाएका छैनन्। फिटनेसका कारण उनी तीन खेलमा मात्र उत्रन सके।
फेलिक्सको प्रदर्शन पनि एकरुप छैन। उनले कुनै पनि खेलमा ९० मिनेट खेल्न पाएका छैनन्।