च्याम्पियन्स लिग फुटबल अन्तरगत बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ।
समूह 'एफ' अन्तरगत भएको खेलमा लुइस स्वारेजको २ गोलको सहयोगमा बार्सिलोनाले इन्टरमिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
यस खेलमा पहिलो अग्रतामा भने इन्टर मिलानले खेलको दोश्रो मिनेटमा नै लउटारे मार्टिनेजको गोलबाट लिएको थियो।
१ गोलले पछि परेको अवस्थामा लुइस स्वारेजले दोश्रो हाफमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। उनले खेलको क्रमशः ५८ र ८४ औं मिनेटमा गोल गरेका थिए।