इटालियन सिरी ए अन्तरगत आइतबार भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई पराजित गरेको छ।
युभेन्टसले मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
यस खेलमा युभेन्टसले पाउलो डिबालाले चौथो मिनेटमा गरेको गोलमा अग्रता लिएको थियो।
त्यसपछि सो अग्रतालाई मिलानले खेलको १८ मिनेटमा बराबरी गर्यो। मिलानले लाउटारो मार्टिनेजको गोलमा सो बराबरी गरेको थियो। उनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका हुन्।
यसरी १-१ को बराबरीमा पहिलो हाफ सकिएको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा छिरेका गोन्जालो ह्यूगिनले ८० औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए।
जितसँगै ७ खेलबाट १९ अंक बटुलेर युभेन्टस लिगको शीर्ष स्थानमा पुगेको छ भने हार चाखेको मिलान १८ अंकसहित तालिकाको दोश्रो स्थानमा छ।