रसिया र पोल्याण्ड आगामी वर्ष हुने युरोकपका लागि छनौट भएका छन्।
आइतबार भएको खेलमा जित हासिल गरेसँगै उनीहरू युरोकपका लागि छनौट भएका हुन्।
हिजोको खेलमा रसियाले साइप्रसलाई ५-० ले पराजित गर्यो भने पोल्याण्डले नर्थ मेसेडोनियालाई २-०ले पराजित गर्यो। रसिया समूह'आई'बाट छनौट भएको हो भने पोल्याण्ड समूह 'जी'बाट छनौट भएको हो।
रसिया र पोल्याण्डका अघि इटाली र बेल्जियम पनि छनौट भइसकेका छन्।