इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ। सिटीले क्रिस्टल प्यालेसलाई २–० ले हरायो।
सिटीका लागि गाब्रियल जेससले ३९ र डेभिड सिल्भाले ४१ मिनेटमा गोल गरे।
अन्य खेलमा चेल्सीले न्युकासललाई १–० ले हरायो। उसका लागि अलन्सोले ७३ मिनेटमा गोल गरे।
यता टोटनह्याम र वाटफोर्डले १–१ को बराबरी खेले। वाटफोर्डका डाउकोरले छैटौ मिनेटमा गोल गरे। टोटनह्यामका डेल अलीले ८६ मिनेटमा बराबरी गोल फर्काए।
लिगमा ९ खेलबाट १९ अंक जोडेर म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको २४ अंक छ।
तेस्रो स्थानको लेस्टर र चौथो स्थानको चेल्सीको समान १७–१७ अंक छ। पाँचौ स्थानको आर्सनलको १५, छैटौ स्थानको प्यालेसको १४ र सातौं स्थानको टोटनह्यामको १२ अंक छ।