युरोपियन च्याम्पियन्स लिगको साविक विजेता लिभरपुले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब केआरसी जेन्कलाई २-१ गोलले पराजित गरेको छ।
इंग्लिस क्लब लिभरपुलका लागि विज्नाल्डमले १४ मिनेटमा पहिलो गोल गर्दा अक्सलेड चाम्बर्लियनले ५३ मिनेटमा दोस्रो गोल गरे।
त्यसअघि खेलको ४० मिनेटमा जेन्कका समाटाले ४० मिनेटमा बराबरी गोल गरेका थिए।
यससँगै लिभरपुल घरेलु मैदानमा खेलिएको युरोपियन प्रतियोगिताको २४ खेलसम्म अपराजित रहन सफल भएको छ।
लिभरपुलले २४ मध्ये १८ खेलमा जित र ६ खेल बराबरी खेलेको छ।
लिभरपुल पछिल्लो पटक अक्टोबर २०१४ मा स्पेनिस क्लब रियल म्याड्रिडसँग घरेलु मैदानमा ३-० गोलले पराजित भएको थियो।
जितसँगै समूह 'ई' मा लिभरपुल ४ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नापोलीको ८ अंक छ।