एएफसी यु-१९ च्याम्पिनयसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ।
बुधबार इरानको तेहरानमा भएको खेलमा नेपाली युवा टिलमाई युएईले ४-० गोलले पराजित गरेको हो।
नेपालले २७ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि युएईले अग्रता लिएको थियो।
३८ मिनेटमा इसा खाल्फानले युएईको अग्रता दोब्बर पारे।
खालिफा युसुफले ७१ मिनेट र अब्दुल्लाह हमादले ८० मिनेटमा गोल गरेपछि युएई फराकिलो जिततर्फ अघि बढेको थियो।
नेपालले अब शुक्रबार आयोजक इरानसँग खेल्नेछ।
नेपालको समूहमा युएई र इरानसँगै किर्गिस्तान पनि छ।
च्याम्पियनसिपमा छनोट हुन कम्तिमा दोस्रो हुनु पर्नेछ।