एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा नेपाली युवा टिम गोलविहीन बनेको छ।
इरानमा भएको समूह 'डी' को आफ्नो अन्तिम खेलमा नेपालले कीर्गिस्तानसँग आइतबार गोलरहित बराबरी खेल्यो।
यसअघि नेपाललाई पहिलो खेलमा युएईले ४–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा आयोजक इरानले पनि नेपालमाथि ४–० कै जित निकाल्यो।
समूहमा तीनै खेलमा विजयी भएको इरानमा आगामी वर्ष हुने एएफसी यु–१९ च्याम्पियनसिपका लागि छनोट भएको छ।