दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलका लागि यु–२३ राष्ट्रिय टिम घोषणा गरिएको छ।
प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय टिम घोषणा गरेका हुन्। आगामी मंसिर १५ देखि हुने सागको पुरुष फुटबलको खेल दशरथ रंगशालामा हुने कार्यक्रम छ।
यु–२३ टिममा ३ जना सिनियर खेलाडी राख्न पाइने प्रावधानअनुसार गोलकिपर विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई पनि समेटिएको छ।
'हामीले लामो समयदेखि तयारी गरिरहेका छौं। टिममा अनुभवी र क्षमतावान खेलाडी छन्,' महर्जनले भने।
नेपाली टिम
गोलकिपर – विकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर – अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर – सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाम्बे, तेज तामाङ
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट