ब्राजिलले पाँच खेलसम्म जित हात पार्न नसकेको ऋंखला तोडेको छ।
ब्राजिलले मंगलबार अबुधावीमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियालाई ३–० गोलले हराएर छैटौं खेलमा जित हात पारेको हो।
गत शुक्रबार अर्जेन्टिनासँग हारेको ब्राजिल जुलाईमा कोपमा अमेरिका जितेपछि विजयी हुन सकेको थिएन।
मंगलबार ब्राजिलको जितमा डि लिमाले नवौं, काउटिन्होले ३६ र डानिलोले ६० मिनेटमा गोल गरे।