अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष तथा महिला फुटबलको खेल तालिका सार्वजनिक गरेको छ।
नेपाल पुरूष फुटबलको समूह 'ए' मा परेको छ। नेपालको समूहमा बंगलादेश र भुटान छन्।
समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन्।
महिला तर्फको खेलमा जम्मा चार टिम मात्र सहभागी भएकोले राउण्ड रोबिनको आधारमा हुनेछ। नेपालले महिलातर्फ पहिलो खेल श्रीलंकासँग खेल्नेछ।
महिला फुटबल नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र भाग लिनेछन्। समूहका शीर्ष २ टिमबीच फाइनल खेल हुनेछ।