टोटनह्यामको प्रशिक्षकमा जोसे माउरिन्होले जितबाट आफ्नो यात्रा सुरु गरेका छन्। माउरिन्हो बुधबार टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका थिए।
प्रशिक्षक बनेको तीन दिनपछिको खेलमा टोटनह्यामले इंग्लिस प्रिमियर लिगको खेलमा वेस्ट ह्यामलाई ३-२ गोलले पराजित गरेको छ।
टोटनह्यामका लागि सन हेउन मिनले ३६, लुकास माउराले ४३ र ह्यारी केनले ४९ मिनेटमा गोल गरेका थिए।
वेस्ट ह्यामका लागि एन्टोनियोले ७३ तथा ओग्बानाले दोस्रो हाफको इन्जुरी टाइमको छैटौ मिनेटमा गोल गरेका थिए।
लिगमा टोटनह्याम १३ खेलबाट १७ अंक जोड्दै छैटौं स्थानमा छ।
शनिबार राति साविक विजेता म्यानचेस्टर सिटी र चेल्सी तथा लिभरपुल र क्रिस्टल प्यालेसबीच हुने खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।