इटालियन सिरी ए फुटबलमा युभेन्टसले एट्लान्टामाथि ३-१ को जित हात पारेको छ।
आफ्ना स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्टसको जितमा शनिबार गोन्जालो हेगुइनले दुई तथा डिबालाले एक गोल गरे।
खेलमा पहिलो अग्रता एटलान्टाले राबिन गोसेन्सको गोलमा खेलको ५६ औं मिनेटमा लिएको थियो।
सो अग्रतालाई हेगुइनले खेलको ७४ औं मिनेटमा गोल गर्दै बराबरी गरे। त्यसपछि उनले ८२ औं मिनेटमा पुनः गोल गरे र टोलीलाई २-१ को अग्रता दिलाए।
हेगुइनको सो अग्रतालाई अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दे डिबालाले ३-१ बनाए।
जितसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले ३५ अंक जोडेको छ। त्यस्तै पराजित भएको एट्लान्टा भने २२ अंकसहित छैटौ स्थानमा रहेको छ।