ईङ्लिश प्रिमियर लिग फुटबल अन्तरगत शनिबार भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको छ।
सिटीको जितमा केविन डि ब्राउन र रियाद महरेजले गोल गरे।
खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो। उसका लागि २१ औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै अग्रता दिलाएका थिए।
जितपछि सिटीले १३ खेलबाट २८ अंक जोडेको छ भने चेल्सी २६ अंकसहित लिगको चौथो स्थानमा झरेको छ। सिटी तेश्रो स्थानमा रहेको छ। लिग पहिलो र दोश्रोमा भने क्रमशः ३७ र २९ अंकसहित लिभरपुल र लेइस्टर रहेका छन्।