युरोपा लिग अन्तरगत बिहीबार भएको खेलमा इङ्लिश क्लब आर्सनललाई फ्र्यांकफर्टले पराजित गरेको छ।
समूह 'एफ' अन्तरगत भएको खेलमा आर्सनल २-१ ले पराजित भएको हो।
पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा पिएर एमरिकले गोल गर्दै अग्रता दिलाएको भएपनि दोश्रो हाफमा दाइची कामादाले दुई गोल गरेपछि आर्सनल पराजित हुन पुगेको हो।
दाइजीले खेलको ५५ र ६४ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
हारेपनि आर्सनल समूहको शिर्ष स्थानमा छ। उसको पाँच खेलबाट १० अंक छ भने फ्र्यांकफर्ट ९ अंकसहित समान खेलमा दोश्रो स्थानमा छ।