अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आयोजना गरेको सहिद स्मारक ए डिभिजन लिग 'ड्र' बहिस्कार गरेका छन्।
लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम र च्यासल युथ क्लबले लिग नियमावली समयमै उपलब्ध नगराएको भन्दै लिग 'ड्र' बहिस्कार गरेका छन्।
मनाङ अध्यक्ष छिमि गुरुङ, च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार र एनआरटीका सुरेन्द्र श्रेष्ठले ‘ड्र’ कार्यक्रम छाडेका थिए।
उनीहरुले तर लिग नियमावली उपलब्ध नगराएको भन्दै लिगको ड्र सुरु हुनै लाग्दा कार्यक्रम स्थल छाडेका थिए। एन्फाले आइतबारसम्म नियमावली उपलब्ध गराउने भनेपनि उनीहरु असन्तुष्ट बनेका थिए।
तीन क्लबको बहिस्कारका बीच भएको 'ड्र' अनुसार पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल मंसिर २८ गते हुनेछ। मंसिर २९ दुई खेल हुनेछ। दोस्रो दिन संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा तथा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ। तेस्रो दिन सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ र सशस्त्र प्रहरीबीच हुनेछ ।
चौथो दिन पुस १ मा थ्रीस्टार क्लब र जावलाखेल युथबीच पहिलो खेल तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच दोस्रो खेल हुनेछ ।
खेल दशरथ रंगशालामा गर्ने एन्फाको भनाइ छ।